धनगढीमा नेपाल मगर संघले आफ्नो स्थापना दिवस मनाउने 

अत्तरिया- नेपाल मगर संघले आफ्नो स्थापना दिवस धनगढीमा भव्यताका साथ मनाउने भएको छ । संघले आफ्नो ४३ औं स्थापना दिवस यही फागुन १५ गते बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको थारु देउथानमा मनाउने भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

संघले शनिबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी दिएको छ । नेपाल मगर संघ कैलालीका अध्यक्ष दल बहादुर घर्तीमगरले विविध कार्यक्रम सहित स्थापना दिवस मनाउने बताए । उनले फागुन १५ गते विहान ११ बजे धनगढीको चौराहा र गुरही चौकबाट विविध मौलिक झाँकी सहित धनगढी परिक्रमा गर्ने बताए ।

Navadurga sun

साथै उनले दिउँसो १२ बजे कार्यक्रम स्थल तारानगरको थारु देउथानमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहबाट कार्यक्रम उद्घाटन हुने जानकारी गराए । नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कमलबहादुर पुन मगरले मगर समुदायको पहिचान र विभिन्न माग सहित यस वर्ष पनि स्थापना दिवस मनाउन गइरहेको बताए ।

उनले राज्यको हरेक निकायमा मगर समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी, भाषिक समानता, सबै खाले विभेदको अन्त्यका लागि राज्यलाई दवाव दिने उद्देश्य सहित स्थापना दिवस मनाउने बताए। स्थापना दिवसको अवसरमा लिगलिगे दौड, नौमति बाजा, झाँक्री विधी, सारङ्गगी हाता, मारुनी नाच, भुमे नाच, पैसरी नाच, सोरठ्ठी नच, ख्याली नाच लगायतको सांस्कृतिक प्रस्तुती समेत रहने जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...