कञ्चनपुर- जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीको निधन भएको छ ।




जिल्लाको भीमदत्त नगरपालिका–४ घर भएका जोशीको सोमवार बिहान निधन भएको निर्वाचन कार्यालयका सुचना अधिकारी भानबहादुर महराले बताए ।


यहि माघ २४ गत कार्यालयकै कामका लागी काठमाडौँ गएका जोशी शुक्रवार बिहान कोठामा बेहोस अबस्थामा फेला परेका थिए । उपचारका लागी कृष्ट हस्पिटल लगीएका उनको मस्तिष्क घातका कारण निधन भएको सुचना अधिकारी महराले बताए ।




