नेविसंघ धनगढीको आयोजनामा लागू औषध दुर्व्यसन विरुद्धको बृहत पैदल यात्रा

अत्तरिया- लागूऔषध दुर्व्यसन विरुद्धको बृहत पैदल यात्रा धनगढीमा सम्पन्न भएको छ। धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदल यात्रा गरिएको नेपाल विद्यार्थी सङ्घ धनगढी नगर इकाइका सचिव कमल एडीले बताए ।

Ganyapdhura gau

पछिल्लो समयमा लागू पदार्थ दुर्वेसनले गर्दा हजारौं संख्यामा युवाहरू कुलतमा लागेर धन र जीवनको क्षतिसँगै घरपरिवारलाई समेत तहसनहस बनाइरहेको अवस्थालाई नियाल्दै समाजमा सचेतना फैलाउने उद्देश्यले उक्त पैदल यात्रा गरिएको हो । पैदल यात्राको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुभारम्भ गरिन । मन्त्री राणासहित सहभागीले धनगढीको चौराहादेखि पार्कमोडसम्म पदैलयात्रा गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको बृहत पैदल यात्रामा नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का लगायतका मन्त्रीहरुको आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेवि संघका केन्द्रीय पदाधिकारीदेखि जिल्ला नगर इकाइका पदाधिकारीको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा जेसिज धनगढी महानगरपालिका भित्रका विभिन्न क्याम्पस विद्यालयका विद्यार्थीहरू सामाजिक अभियान्ता लगायतका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक बोहराले जानकारी दिए। पैदल यात्रामा विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

Couple
Loading...