भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग

धनगढी, १२ भदौ– बैतडीमा हत्या गरिएकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार एक कार्यक्रमबीच आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभ र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न अस्ट्रेलिया उपलब्ध गराएको दुई लाख सत्तरी हजार आठ सय चालिस रुपैयाँ मुख्यमन्त्री भट्टले पीडितका आफन्तलाई हस्तान्तरण गरे।

Navadurga sun
Godawari sandesh

विकासमा सिर्जनशीलता नेपाल सिआइडी नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली भट्टले गरेका थिए।

Couple
Loading...