कृष्णपुरमा एचपिभी खोप लगाइँदै

Dadeldhura hospital

अत्तरिया- विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ ।

विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गरिएको हो । यसै बमोजिम कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं‍‍. ५ को  पवित्रा आधारभुत विद्यालयको प्राङ्गणमा वडा न.५ का अध्यक्ष टेक पाण्डेयको अध्यक्षता रहनु भएको खोप कार्यक्रममा नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको  प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको छ । यससँग सम्बन्धित सम्पूर्णलाई यो एचपीभी खोप अभियानमा जोडिएर मौकाको फाइदा लिन हुन नगरपालिकाले अनुरोध गरेको छ  ।

Navadurga sun
Godawari sandesh
Loading...