गोदावरीमा चौधरीमाथि सिसाको बोतल प्रहार

धनगढी । कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति चौकीडाँडामा सिसाको बोतल प्रहार भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  कबिन्द्रसिंह बोहराका अनुसार बोतलले चौधरीको टाउकोमा प्रहार गरिए छ। उनको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ। बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए। उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।

Couple
Loading...