


अत्तरिया- कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं. २ वाणी स्थित जेबि एकेडेमीले डा.कृष्णदत्त जोशी (बाेक्सर) लाई भव्य नागरिक अभिनन्दन गरेको छ । एकेडेमीले आइतबार आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारी नागरिक अभिनन्दन गरेको हो ।


शिक्षाविद /वरिष्ठ समाजसेवी महाकाली प्रादेशिक अस्पताल नि-वर्तमान अध्यक्ष जसले कोरोनाका दुबै चरणमा आफ्नो ज्यानको पर्वाह नगरी अस्पताल रिफर सेन्टरबाट परिवर्तन गर्न सफल हुनुभयो । उत्कृष्ट हनुमान पात्र राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित सुदूरपश्चिम विश्व विद्यालय सिनेट सभा सदस्य डा.कृष्ण दत्त जोशी (बोक्सर)- हनुमानकाे समाजसेवा, धर्म संस्कृति रक्षा लगायत समाज रूपान्तरणमा पुर्याउनु भएको अतुलनीय योगदानकाे उच्च कदर गर्दै जे.बि. एकेडेमीले १५ औं अभिभावक दिवस तथा पञ्चेबाजा, फुलमाला, अबिर सहित नागरिक अभिनन्दन गरिएको छ ।





