

धनगढी- धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् ।



धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिवार आगो लगाएको प्रहरीले जनाएको छ ।


उनले मदिरा सेवन गरि आफ्नै कच्चि घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन् । उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ । उनी अहिले फरार रहेको जनाइएको छ ।





