


प्यालेष्टिनी हमास समूहले आज (बिहीबार) थप ८ जना बन्दी रिहा गर्दैछ । युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन् । पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन ।


गाजामा हमासको कब्जामा आठ थाइ बन्दी छन् । कञ्चनपुर घर भएका नेपालका एक र तान्जानियाका एक जना छन्। थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको बताइएको छ । नेपाली नागरिक विपिन जोशीको अवस्था र रिहाबारे अहिलेसम्म केही खबर आएको छैन ।





