अत्तरिया जेसीजको १३ औं पदस्थापना समारोह सम्पन्न

अत्तरिया- कैलालीको अत्तरिया जेसीजको १३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। समारोहमा अध्यक्षमा निर्वाचित भएका जेसी प्रदिप खड्कालाई पद हस्तान्तरण गरिएको थियो ।

Dadeldhura hospital

शनिबार अत्तरियाको फारवेल होटलमा सम्पन्न समारोहमा निवर्तमान अध्यक्ष जेसी प्रकाश मल्लले खड्कालाई पद हस्तान्तरण गरेका हुन् । करिब एक महिनाअघि वर्ष २०२५ को निम्ति जेसी खड्काको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

Navadurga sun
Godawari sandesh

एक वर्षे कार्यकालका लागि चयन हुने जेसीजको कार्यकारिणी उपाध्यक्षमा कल्पना भट्ट र महेन्द्र ऐडी सर्वसम्मत चयन भएका थिए । समितिको कानुनी सल्लाहकारमा बम बहादुर बोगटी, महासचिवमा अनिश सिंह र कोषाध्यक्षमा शंकर साउँद सर्वसम्मत चयन भएका थिए ।

त्यस्तै समितिको उपाध्यक्षहरूमा टेक खड्का, हेमराज भट्ट, प्रेमा पाठक र शान परिवार चयन भएका थिए ।जेसीज वर्ष २०२४ का अध्यक्ष मल्लको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बम रहेका थिए ।

Loading...