

अत्तरिया- नेकपा एमाले सुदूरपश्चिम पूर्व प्रदेश कमिटी सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी सहित ३५८ जनाले पार्टी परित्याग गरेका छन् ।



आज कैलालीको अत्तरियामा पत्रकार सम्मेलन गरि उनीहरुले एमाले परित्याग गरि डाक्टर भिम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।


गोदावरी र गौरिगंगा नगरपालिकाका संगठित सदस्य सहित साधारण सदस्यहरुले पार्टी परित्याग गरेका हुन् ।





