एकीकृत समाजवादी कैलालीले माघ ११ गते देखि पालिका अधिवेशन गर्दै

धनगढी- नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कैलालीले १३ वटै स्थानीय पालिकामा भेला तथा अधिवेशन गर्ने भएको छ । मंगलबार धनगढीको एलएनचोक स्थित पार्टी कार्यालयमा बसेको बैठकले स्थानीय पालिका कमिटीको वडा, पालिका अधिवेशनहरु फागुन मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको बैठकले १० गते मोर्चा संगठनको बैठक बसाउने विभिन्न जनबर्गिय संगठनको अधिवेशन, भेला, बैठकहरु तत्काल बोलाउन निर्देशन समेत गरेको छ ।

Navadurga sun

पार्टीले माघ ११ गते गौरीगंगा नगरकमिटीको भेला, १२ गते चुरे गाउँपालिकाको भेला, माघ १६ गते टिकापुर नगरकमीटी, जानकी र जोशीपुर गाउँकमीटिको बैठक, माघ १९ गते गोदावरी नगर कमिटीको भेला, माघ २५ गते बर्दगोरीया गाउँकमिटीको अधिवेशन, माघ १८ गते धनगढी उपमहानगर कमिटीको भेला, माघ २८ गते भजनी नगरकमिटीको अधिवेशन, माघ १७ गते घोडाघोडी नगर कमिटीको भेला गर्ने निर्णय गरेको छ ।

पार्टीका पोलिट व्युरो सदस्य तथा कैलाली ईन्चार्ज दीर्घ सोडारीले सम्बोधन गरेको कार्याक्रमको अध्यक्षता जिल्ला अध्यक्ष विमल जोशीले गरेका थिए । बैठकमा प्रदेश सचिव दिनेशचन्द्र सुवेदी, पोलिटव्युरो सदस्य चुनकुमारी चौधरी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकको संञ्चालन जिल्ला सचिव दीर्घ जोशीले गरेका थिए । बैठकमा सहभागीहरुले पालिकामा पार्टीको गतिविधिबारे रिपोटिङ गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...