किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै थापामगर

डडेल्धुरा- किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन्। फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरीग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवा उत्पादन तथा बिक्री भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

उनले आलिताल –२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गरेका छन्। लामिटुडा स्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवी खेती गर्दै किवीको बेर्ना समेत उत्पादन गरिरहेको बताए ।

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रति बोट रु एक सय ५० का दरले बिक्री गरिरहेको उनले जानकारी दिए । डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेको छ । किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए । बेर्ना बिक्री गरेरै वार्षिक रु पाँच लाख आम्दानी गरिरहेको थापाले आफूले किवी खेती सुरु गर्दा प्रति बोट रु पाँच सयका दरले किनेर लगाएको बताए ।
अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवी खेती गर्दै आएका छन् । सुरुमा एकपटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने, “किवी खेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुँदा त्यसतर्फ किसान बढी आकर्षित भएका छन् । रासस

Couple
Loading...