सुदूरपश्चिममा आज सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन आज बंगुर काटने (जिता) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

Dadeldhura hospital

प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ।

Navadurga sun
Godawari sandesh

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।

Loading...