पोखरीमा डुबेर बालिकाको मृत्यु

Dadeldhura hospital

डडेल्धुरा । डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो।

बालिका आफ्नो घर नजिकै सिँचाईको लागि बनाएको पोखरीमा डुबेर घाईते भएकी थिइन्। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...