चिसो बढेपछि टीकापुरको चोकचोकमा दाउरा वितरण

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न संघसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो । तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रुखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

Ganyapdhura gau

एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए। भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए। ‘रुखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

टीकापुर नगरपालिका– ४ ले पनि आफ्नो वडामा रहेका चोकहरूमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएको वडाध्यक्ष लालवीर चौधरीले बताए । ‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ,’ उनले भने‍, ‘चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ।’

यस्तै, टीकापुर– ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जितराम चौधरीका अनुसार विगतका वर्षझैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रुखका जरा निकालेर दाउरा वितरण गरिनेछ।

‘गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ,’ उनले भने, ‘यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ। चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ।’ चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।

Couple
Loading...