कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको घटना स्थलमै मृत्यु

अत्तरिया, ८ भदाै– कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गोर्धनको ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Dadeldhura hospital

पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक घटनाबारे अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

Navadurga sun
Godawari sandesh

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुर खण्ड अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Loading...