कैलालीको चिसापानी–राजकाँडा जालपा देवी केबलकारको शिलान्यास हुँदै

अत्तरिया- कैलालीको चिसापानी–राजकाँडा जालपा देवी केबलकारको शिलान्यास पुस १३ गते हुने भएको छ। शिलान्यास कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवा, उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी लगायतको सहभागिता रहने आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै केबलकारका सञ्चालक सूर्यबहादुर थापाले केबलकार सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको मेरुदण्ड बन्ने बताए ।

Navadurga sun

‘हामीले हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना बनाएका छौ । बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा मिनी पानी जहाज, रारा ताल, टिकापुरपार्क, रामारोशन जस्ता पर्यटकीय क्षेत्रहरूलाई सँगै जोडेर अघि बढ्छौ।’  उनले भने ।

भारतको उत्तर प्रदेशका जनताको आवागमनलाई जोड दिएमा मात्रै पनि सुदूरपश्चिम पर्यटनको हब बन्ने उनको दाबी छ । पुस १३ गते शिलान्यास गरि एक वर्ष भित्र केबलकार सञ्चालन गर्ने जनाएको छ ।

ADD Khali jpg
Loading...