मोटरसाइकल डल्लबमा ठोक्किदा एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल डल्लबमा ठोक्किदा मोटरसाइकल चलकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा धनगढीबाट फुलबारीतर्फ जादै गरेको मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ हसुलिया बस्ने अन्दाजी ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो।

Dadeldhura hospital

चौधरीले चलाएको सुदूरपश्चिम ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जादै गरेको धनगढी उपमहानगरपालिका–१४ बि गाउँ बस्ने अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लबमा पछाडीबाट ठोक्किन गई मंगलवार दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी घाईते भएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

घाईते भएका चौधरीको मंगलवार नै उपचारका क्राममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मोटरसाइकल, डल्लब र डल्लबका चालक सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको खड्काले बताए ।

Loading...