किसान बहुउद्देश्यीय सहकारीको ३० औँ साधारण सभा अन्तर्गत एकाइ भेला सम्पन्न 

अत्तरिया‍- किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औँ साधारण सभा अन्तर्गतको अत्तरिया एकाइ भेला सम्पन्न भएको छ । कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संस्था अन्तर्गत अत्तरिया एकाइ  भेला अत्तरिया र गेटा शाखाको संयुक्त रूपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शेयर सदस्यका परिवारबाट एसइइ मा उत्कृष्ट नतिजा ल्याउने तीन जना छात्रा र दुई जना छात्र लगायत एमबिबिएस अध्ययनरत शेयर सदस्यका १ जना छात्रालाई किसान कोष शिक्षा पदक वितरण गरिएको हो । 

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै उत्कृष्ट बचतकर्ता १० जना शेयर सदस्य हरूलाई सम्मान गरिनुका साथै २ जना ऋणी सदस्यको मृत्यु भएपछि उहाँहरूको क्रमश १ लाख २३ हजार र ५ लाख ३७ हजार ८६२ रुपैयाँ सदस्य सुरक्षण सुविधा अन्तर्गत कर्जा मिनाहा सुविधा वितरण गरिएको थियो ।

२०५२ सालमा स्थापना भएको यस संस्थाले कैलालीको लम्कीबाट माटो परीक्षण प्रयोगशाला कोल्ड स्टोर एकीकृत कृषि फर्म मल बिउ बिजन बिक्री केन्द्र लगायतका थुप्रै सेवाहरू दिँदै आएको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताएका हुन् ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन भने अन्य अतिथिमा गोदावरी नगरपालिका ५ का वडा अध्यक्ष लगायत अन्य अतिथिको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अत्तरिया शाखाका शाखा प्रमुख चक्र प्रसाद भण्डारी गरेका थिए ।

Loading...