कैलालीमा सुनचाँदी सहित तीन जना पक्राउ

धनगढी- कैलालीमा सुनचाँदीसहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको भजनीबाट एक करोड बढी मूल्यको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

Dadeldhura hospital

सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक उद्धव न्यौपानेका अनुसार भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट शनिबार साँझ सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरिएको हो ।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट पगियापसारले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

८० लाख ७९ हजार ५६१ रुपैयाँ मूल्य पर्ने ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँको ८ किलो ९१४ ग्राम चाँदी, ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न कम्पनीका चार थान मोबाइल सेट र चाँदीको लेप लगाएका भाडाकुडा बरामद गरिएको छ । उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Loading...