कञ्चनपुरमा पुनः बाघको आंतक, गाई–भैंसी चराउन गएका एक जना घाइते

कञ्चनपुर- कञ्चनपुरमा पुनः बाघको आंतक बढेको छ । जिल्लाको दोधारा–चाँदनीमा बाघले आंतक मच्चाएको छ । बाघको आक्रमणबाट एक जना घाइते समेत भएका छन्। चार महिना अघि एक महिलाको ज्यान लिएको बाघले पुनः आतङ्क मच्चाएको छ। 

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँद माथि आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई आक्रमण गरेर घाइते बनाएको बताएका हुन्।

Navadurga sun
Godawari sandesh

बाघको आक्रमणबाट घाइते भएका साउँदको चिउडो र हातमा गम्भिर घाउ भएको छ। घाइते साउँदको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।

गत साउन १७ गते मात्रै बाघकै आक्रमणबाट दोधारा–चाँदनीकी २३ वर्षीया हिरा शाहको मृत्यु भएको थियो। सोमबार पुनः बाघकै आक्रमणबाट साउँद घाइते भएर अस्पताल नै भर्ना भएपछि गाउँमा त्रास बढेको स्थानीयले बताएका छन्।

Loading...