सेती प्रयोगशाला परीक्षणमा थप २१ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

अत्तरिया, ३२ असार- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Ganyapdhura gau

पछिल्लो २४ घण्टामा प्रयोगशालामा १ सय ५५ जनाको नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ की ५० वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुरमा श्रेष्ठले जानकारी दिए । २४ साउनमा अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सुदूरपश्चिममा साउन पहिलो सातादेखि कोरोनाका जटिल प्रकृतिका संक्रमित बढ्न थालेपछि मृत्यु हुने क्रम पनि सुरु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले १८ जना संक्रमित उपचाररत छन् । उनीहरु मध्ये ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

Couple
Loading...