निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

अत्तरिया- कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गरेकाे भन्दै प्रहरीले गोरखाका नवराज अर्याललाई नियन्त्रणमा लिएको छ।

Ganyapdhura gau

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्यालदम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटा हुन्,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्यालदम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौँ।’

आफू खानेपानी विभागको सवारीचालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको वेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटाे विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ।

Loading...