जयसिंह धामीको परिवारलाई एक करोड क्षतिपूर्ति दिन माग





धनगढी, ३१ साउन– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ । भारतीय स्वतन्त्रता दिवसका दिन मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै सो माग गरेको हो ।



भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेका थिए । तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन ।


नेपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ । मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपसरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको छ ।



