सुदूरपश्चिममा २ दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी दर्ता

धनगढी- सुदूरपश्चिममा २ दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको छ ।

Ganyapdhura gau

प्रदेशभित्र आर्थिक अनियमितता बढ्न थाले पछि उजुरीकर्ताको संख्यामा समेत वृद्धि हुँदै गएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनुसार यही कार्तिक १ र २ गते २ दिनको अवधिमा मात्र १२ वटा उजुरी दर्ता गरिएको छ । इमलेबाट ५, हुलाक सेवाबाट तीन र लिखित रुपमा गरेर १२ उजुरी अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्दै आएका योजनासँग सम्बन्धित रहेर अख्तियारमा उजुरी दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा सबै भन्दा बढी साउन महिनामा आर्थिक अनियमितता सम्बन्धी उजुरी दर्ता गरिएको छ । साउन महिनामा मात्र एक सय १४ उजुरी कार्यालयमा दर्ता भएको पाइएको छ।

साउन पछि सबै भन्दा बढी भदौ महिनामा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टले बताए । उनका अनुसार असोज महिनामा थप ५१ वटा उजुरी दर्ता भएका छन् । साउन, भदौ, असोज र कार्तिक २ गतेसम्म मात्र कार्यालयमा २ सय ६० उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताए ।

सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी अख्तियारमा दर्ता हुने गरेको छ । कार्यालयका अनुसार दर्ता भएका उजुरीमाथि मुद्दाको प्रकृति हेरेर कार्यान्वयन गर्ने काम समेत सँगसँगै हुने गरेको अख्तियारको दाबी छ ।

Couple
Loading...