जुवा प्रकरणमा मुछिएका पाँच जना प्रहरी निलम्बित

अत्तरिया- धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटलको जुवा प्रकरणमा मुछिएका पाँच जना प्रहरी निलिम्वत भएका छन् ।

Dadeldhura hospital

प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच जना प्रहरी बिहिबार निलम्बित भएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैना चन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेम सिंह धामीलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्ण प्रसाद जैसी र राम सिंह कुवँर प्रदेश प्रहरी कार्यालयको सिफारिसमा निलम्बनमा परेका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले जुवा प्रकरणमा जोडिएका पाँच जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान प्रकृया अघि बढाईएको बताए । अहिले उनीहरुलाई निलम्बन मात्र गरिएको हो, अनुसन्धानका क्रममा उनीहरुको कसुर देखिए सोही अनुसार कारबाही हुनेछ, एसएसपी चन्दले भने, उनीहरु मुछिएको जुवा प्रकरणमा पेशागत लापरबाही वा आर्थिक पाटो लगायतका सबै विषयमा अनुसन्धान भईरहेको छ ।

Loading...