ट्राफिक प्रहरीलाई सेनीटाइजर र मास्क वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा प्रधान कार्यालय रहेको सुदूरपश्चिम अटो यातायात प्रालीले यात्रुहरुको सहजको लागी मास्क र सेनीटाइजर वितरण गरेको छ ।

शुक्रबार अटो यातयात प्रालिले गोदावरी अस्थायी ट्राफिक प्रहरी पोस्ट संग समन्वय गरेर सेनिटाइजर र मास्क लगायत सामग्रीहरू सवार चालक, यात्रुहरुलाई उपलब्ध गराइदिन गोदावरी ट्राफिक पोस्टमा वितरण गरेको हो ।

Navadurga sun

सुदूरपश्चिम अटो यातायात प्रालीका अध्यक्ष सिताराम कठायतले प्रहरी संग साझेदारी गरेर यातायात प्रालिको वार्षिक सामाजिक कार्यक्रम अन्तर्गत गोदावरीको अस्थायी प्रहरी पोस्टमा यात्रु सहायता कक्ष लेखिएको व्यानर टाँसेर यात्रुहरुलाई सेनिटाइजर सँगै मास्क उपलब्ध गरिदिन सामग्री वितरण गरिएको बताए ।

विशेष गरी हिन्दुहरुको महान् चाडपर्व विजया दशमीलाई मध्यनजर गरेर चहलपहल बढेसँगै गाडीमा आवतजावत गर्ने चालक लगायत यात्रुहरुमा सरुवा रोग सर्न नदिन अलिक भए पनि यसको रोकथाम होस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको अध्यक्ष कठायतले बताए । उनले आगामी दिनहरूमा सामाजिक कार्यहरूमा सक्रिय भएर सक्दो सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...