रेडक्रस धनगढीद्वारा घुइयाघाट चोकमा जनचेतना मुलक तथा माक्स वितरण अभियान





प्रकाशबहादुर बोहरा
अत्तरिया, २७ साउन- ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाले धनगढीका विभिन्न वडाहरुमा जनचेतना मुलक तथा माक्स वितरण अभियानलाई आज पनि निरन्तरता निएको छ ।





नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाद्वारा साउन २३ गते देखि सुरु भएको अभियान आज (बुधबार) पाँचौ दिन धनगढी उपमहानगरपालिका वडा नम्बर १० र ९ जोडने घुइयाघाट चोकमा संचालन गरिएको हो ।


नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्वर उपशाखाका सचिव पारस राज जोशीका अनुसार माक्स वितरण अभियान अन्तरगत भोलि (बिहीबार) २८ गते वडा नं.७ को कालिका मन्दिर नजिकमा गर्ने कार्यक्रम रहेको बताए ।

कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र राना, रेडक्रमस उपशाखा १ का सभापती धर्मराज जोशी, सदस्य बालगोपाल गिरी, वडा सदस्य गीता पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सडकमा हिडडुल गर्ने बटुवाहरुलाई माक्स लगाउन प्रेरित गर्दै मास्क समेत वितरण गरिएको थियो ।



