कैलालीको गोदावरी नगरपालिका ५ नं. वडा कार्यालय आज बन्द





अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ५ नं. वडा कार्यालय आज बन्द हुने भएको छ । वडा कार्यालयमा रहेको अतिरिक्त हुलाक कार्यालयका कर्मचारी भिम बहादुर थापाको निधन भएकाले आज एक दिनका लागि वडा कार्यालयको सेवा सुबिधा बन्द गरिएको वडा नं ५ का अध्यक्ष कणर् सिंह बोहराले जानकारी दिए ।


थापाको असामयीक निधनप्रति वडा कार्यालय परिवार र सम्पूणर् वडाबासीहरु अन्त्यन्तै मर्माहित बनाएको र यस दुखद घडीमा शोकसन्त परिवारमा धैर्य धारण गर्ने शक्त मिलोस वडा कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । थापाको हिजो (सोमबार) साझँ निधन भएको थियो ।



