घोडाघोडी नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा

धनगढी- घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बीमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बीमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।

सोमबार घोडाघोडी नगरपालिका र स्वास्थ्य बीमा बोर्ड बिच सेवा सम्झौता भएको हो । सेवा सम्झौता पत्रमा स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत, घोडाघोडी नगर अस्पतालका मेडिकल अधिकृत हेमनाथ आचार्य र स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक बहादुर साउद, जिल्ला संयोजक अनमोल रावलले हस्ताक्षर गरे ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सेवा सम्झौता पत्रमा बीमा बोर्ड र नगर अस्पतालले पालना गर्नुपर्ने शर्तहरू उल्लेख गरिएको छ । उल्लेखित सर्त अनुसार पहिलो पक्ष मानिएको स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमबारे जानकारी गराउने, दोस्रो पक्षको रुपमा रहेको नगर अस्पताललाई तोकिएको दरमा बहिरंग सेवा, आकस्मिक सेवा र अन्तरंग सेवाको भुक्तानी गर्ने रहेको छ ।

त्यसैगरी दोस्रो पक्ष मानिएको घोडाघोडी नगर अस्पतालले बिमितको क्रियाशील अवधिभित्र उल्लेख भए बमोजिमको सेवा सुविधा गुणस्तरीय रुपमा प्रदान गर्ने, आफ्नै परिसरमा औषधी वितरण कक्षको व्यवस्थापन गर्ने, बिमितलाई तोकिएको सेवा तथा औषधीहरू निरन्तर उपलब्ध गराउने सेवा सम्झौतामा उल्लेख छ ।

पाँच वर्षका लागि गरिएको स्वास्थ्य बीमा सेवा कार्यक्रम २०८१ साल असोज १ गते देखि लागुहुने स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए ।

Loading...