धनगढीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न सप्ताह ज्ञान विज्ञान महायज्ञ हुँदै

धनगढी- कैलालीको धनगढीमा श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना हुने भएको हो । 

Ganyapdhura gau

मानव सेवा आश्रमले धनगढीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २३ देखि २९ गतेसम्म महायज्ञको आयोजना गर्न लागेको बताएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले धनगढीमा आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञको आयोजना गर्न लागिएको बताए । भागवत भाष्कर कमल नयन गौतमले महायज्ञमा कथा वाचन गर्ने भएका छन् । बिहान साढे ४ बजेदेखि ७ बजेसम्म सात दिन महायज्ञ पंडाल भित्र योग शिविर सञ्चालन हुनेछ ।

विद्यार्थीहरूलाई बिहान ११ देखि २ बजेसम्म मानसिक स्वास्थ्य, दुर्व्यसन सम्बन्धी सचेतना एवं उत्प्रेरणामूलक कार्यक्रम रहने आयोजकले बताएको छ । बिहान ११ देखि ४ बजेसम्म सङ्गीतमय कथा प्रवचनको कार्यक्रम रहनेछ । साँझ ७ देखि ९ बजेट सम्म विभिन्न सचेतना मूलक श्रव्यदृश्य कार्यक्रम र भजनकीर्तनको कार्यक्रम हुनेछ । महायज्ञमा संघीय, प्रदेश सरकार, स्थानीय तहहरु, संघ/संस्था, नागरिक समाजसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिने आयोजकले बताएको छ ।

धनगढीमा २०७५ सालमा मानव सेवा आश्रमले ११ औँ शाखा विस्तार गरेको थियो । आश्रमले तीन ठूला संरचनाहरू निर्माण गर्ने ३७ करोडको योजना बनाएको संस्थापक अधिकारीले बताए । उनले २ करोड खर्चेर भौतिक संरचना निर्माणको काम पूरा भएको बताए । बाँकी रकमको जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको उनले बताए ।

Loading...