अत्तरिया उद्योग वाणिज्य संघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

Dadeldhura hospital

बिहीबार उद्योग वाणिज्य संघले सशस्त्र र संघ बीच रहेको जग्गा स्वामित्वको विवादलाई हल गरिदिन आग्रह गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको हो । गृहमन्त्री लेखकलाई कार्यालयमा स्वागत गर्दै संघका अध्यक्ष कल्याणसिंह बोहराले ज्ञापन पत्र बुझाएका हुन ।

Navadurga sun
Godawari sandesh

उद्योग वाणिज्य संघ कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । आफुले भोगचलन गर्दै आएको जमिन अहिले आएर सशस्त्र प्रहरीले अवरोध सिर्जना गरिरहेको जनाएको छ ।

‘लामो समयदेखि भोगचलनमा रहँदा कहीँकतैबाट केही जानकारी तथा रोकावट नभएको र हाल आएर सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीको नाममा रहेको भनी बाहिनीले संघको भोगचलनमा रहेको १५ कट्ठा जमिनभित्र भवन निर्माण गरिसकेको र सोही स्थानमा वर्षौँ पहिले अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माण गरी कार्यालय सञ्चालनमा रहेकोले विवाद साम्य हुने गरी बाँकी जमिन व्यवस्थापन गरी सधैँका लागि वादविवाद साम्य गराई संघको नाममा भोगाधिकार कार्यान्वयन हुने गरी सहयोग गरिदिन आह्वान गर्दछौँ’, ज्ञापनपत्रमा उल्लेख छ ।

Loading...