सशस्त्र प्रहरीले कञ्चनपुरबाट एकै दिन ५९ लाख बढी मूल्यको भन्सार छलीको सामान

धनगढी- सशस्त्र प्रहरीले कञ्चनपुरबाट एकै दिन ५९ लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ ।

Dadeldhura hospital

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीले जिल्लाको भिमदत्त नगरपालिका–३, भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप पछाडीबाट ५९ लाख १८ हजार २ सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

केन्द्रीय ईन्टेलीजेन्ट ब्युरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ११ जना र बि.ओ.पि. जिमुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक भरत बहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याई वेवारिसे अवस्थामा सामान बरामद गरेको हो ।

बरामद भएको सामान सशस्त्र प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको जनाएको छ । बरामद भएको सामानमा ठूलो मात्रमा मोबाइल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्र्स, कपडा रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

Loading...