मास्क अभियानलाई लक्षित गरी रेडक्रसद्वारा लम्कीमा सहायता कक्ष संचालन

अत्तरिया– मास्क अभियानका अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले सहायता कक्षको संचालन गरेको छ । लम्की बजारमा सहायता कक्षको संचालन गरि मास्क अभियान मनाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ देखि २९ गतेसम्म मनाउन घोषणा गरेको नेपाल मास्क अभियान कैलालीमा सुुरु गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमको सहयोग र देराक टेन्ट हाउस लम्कीको टेन्ट सौजन्यमा सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

साउन २३ गतेदेखि २९ गतेसम्म एकहप्ता सहायता कक्ष संचालन गरि अभियान मनाइने नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न नेपाल मास्क अभियान चलाइएको जनाएको छ । ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि मन्त्रालयले अभियानका लागि तय गरेको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्ने ‘नेपाल मास्क अभियान’ सञ्चालन गरिएको जानकारी दिए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु भएको बताए ।

लम्कीमा शुरु गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका कार्यक्रम अधिकृत खेमप्रसाद भट्टराई, कार्यक्रमका कैलाली जिल्ला फोकल पर्सन बिकास नेपाली, बलिया उपशाखा कोषाध्यक्ष प्रेमराज मुडभरी, उपशाखा सदस्य चंचल जोशी लगायतकाको उपस्थिति रहेको थियो ।

मास्क अभियान अन्तर्गत देशभरी स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउनुका साथै महिला स्वास्थ्य स्वयंसेवक मार्फत गाउँटोलमा सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका बारे समेत सिकाइने जनाएको छ ।

Loading...