

अत्तरिया- कैलालीमा बस्ने बझाङकी एक महिलाको घरबाट १६ किलोग्राम बढी चरेस बरामद भएको छ । प्रहरीले आज (शनिबार) १६ किलो १८० ग्राम लागूऔषध (चरेस) सहित महिलालाई पक्राउ गरेको हो ।



जिल्लाको गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी टोलस्थित बस्दै आएकी बझाङ बुंगल नगरपालिका वडा नं. २ दहबगर मल्ली बत्थी घर भएकी आइते धामीको श्रीमती ४५ वर्षीया मंगली देवी धामी समातिएकी हुन् ।


उनको घरमा लागुऔषध (चरेस) को ओसार पसार तथा कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । सो क्रममा चरेस बरामद गरिएको हो । उनले घरको कोठाभित्र सेतोमा रातो धर्सेदार रंगको बोराभित्र भुसामा लुकाएर चरेस राखेकी थिइन् ।





