देशभर बदली, केही स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

यसको प्रभावले हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Navadurga sun

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्सहित मध्यम वर्षा हुनसक्नेछ। तराईका थोरै स्थानमा पनि चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। भारी वर्षाका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका एक–दुई स्थानमा समेत चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...