कैलालीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

धनगढी- कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–७ तोरीपुर स्थित नहरमा सोही नगरपालिका–४ बलिया बस्ने काले जैशीको छोरा १२ वर्षीय भरत जैशीको पौडी खेल्ने क्रममा शनिबार साँझ मृत्यु भएको हो।

Navadurga sun

बालकलाई डुबेर अचेत अवस्थामा फेला पारी उपचारको लागि बर्दगोरिया अस्पताल बौनिया लगिएकोमा उपचारको क्रममा सोही राति मृत्यु भएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...