नेतृत्व लैङ्गिकता र स्थानीय स्तरमा सहभागीता बिषयक ३ दिने अभिमूखीकरण तालिम सुरु

प्रकाशबहादुर बोहरा
अत्तरिया, २३ साउन- युएन वमेनको सहकार्यमा सभा नेपालद्वारा ३ दिने नेतृत्व लैङ्गिकता र स्थानीय स्तरमा सहभागीता बिषयक अभिमूखीकरण कार्यक्रम तालिम सुरु भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि, सीप तथा नेतृत्यको विकास गर्नको लागि सभा नेपालले अत्तरियामा रहेको होटल फारवेलमा तालिम सुरु गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिका वडा नं. १ का कार्य वाहाक वडा अध्यक्ष कृत बहादुर चन्दको प्रमुख आथित्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका भित्रका विभिन्न वडाका उद्यमशिलता कार्यमा लागेका महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सभा नेपालका कार्यक्रम संयोजक दल बहादुर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कृत बहादुर चन्द, उद्यम विकास सहजकर्ता संघ कैलालीका जिल्ला अध्यक्ष नरेश साउँद, प्रशिक्षकहरुमा प्रतिक्षा रिजाल, राज कुमारी चौधरी, सारदा चीराल, सकुन्तला चौधरी र राधीका बि.क.लगायतको सहभागिता रहेको थियो ।

Dadeldhura hospital

उद्यम बिकास सहजकर्ता नरेश साउँदले मन्तव्य दिदै स्वयम् हामिले लद्यु उद्यमी भएर जिविको उपार्जनमा बन्नको लागि आफ्नो क्षमता विकास गर्नुपर्ने बताएका छन् ।

त्यस्तै प्रमुख अतिथी कृत बहादुर चन्दले गरिबी न्यूनिकरण कम गर्नका लागि आफुले सिकेका सीपहरुको व्यवसायिक रुपमा लग्ने, आर्थिक उन्नती गर्दै जाने, सिकेका सीपलाई कार्यान्वयन गर्नु नै सबैभन्दा ठूलो पक्ष भएको बताउँदै आफ्नो सीपलाई प्रयोगमा ल्याउनु पर्ने बताए ।

त्यसैगरी सभा नेपालका कार्यक्रम संयोजक दल बहादुर ओलीले व्यवसाय सुरु गरेकाहरुलाई अझ बढी कसरी आम्दानीको स्रोत बढाउन सकिन्छ भनेर सभा नेपालले २०१९ मा सेटेम्वरमा महिलाहरुको आर्थिक सशक्तिकरण, मुल्य श्रृखलामा महिला कार्यक्रम गौरीगंगा, गोदावरी र धनगढीका ६५० जना महिला उद्यमिहरुलाई समावेश गरी संचालन गरेको कार्यक्रम अन्तरगत गोदावरीका ३० जना महिला उद्यमीहरुलाई उक्त तालिम दिन लागेको कार्यक्रम संयोजक ओलीले बताए ।

उक्त तालिममा सहभागि दिदीबहिनीहरुले कसरी मुल्य श्रृंखलामा काम गर्ने, थप पुजी कसरी कमाउन सकिन्छ, व्यवसाय कसरी दर्ता गर्न सकिन्छ, थप पुजी कसरी संकलन गर्न सकिन्छ, आफुले उत्पादन गरेको बजार कसरी पाउन सकिन्छ भनेर सभा नेपाल संग सम्झौता गरी उक्त तालिम संचालन भएको हो ।

कार्यक्रमको संचालन ज्ञानेन्द्र शर्माले गरेका थिए । तालिममा ३० जना महिलाको सहभागिता रहेको छ ।

Loading...