अत्तरिया- नेपाल फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमिति कैलालीले सेभहाउसलाई खाद्यान्न सहयोग गरेको छ । आज १८५ औ विश्व फोटो ग्राफी दिवसका अवसरमा अत्तरिया स्थित महिला तथा बालबालिका सेभहाउसलाई खाद्यान्न सहयोग गरेको हो ।



सेभ हाउसलाई करिब १२ हजार बराबरको चामल, दाल, तेल चिउरा लगायतका खाद्यान्न सामाग्रीहरू सहयोग गरिएको फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमितिले जनाएको छ ।



उक्त सामाग्रीहरू फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमितिका संयोजक योगेन्द्र कुवँरले सेभहाउसकी अध्यक्ष जानकी मसालीलाई हस्तान्तरण गरेका थिए ।
सामाग्री ग्रहण गर्दे सेभहाउसकी अध्यक्ष मसालीले धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनमा पनि सेभ हाउसलाई सहयोगको अपेक्षा गरिएको बताईन् ।
सहयोग कार्यक्रममा नेपाल फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमितिमा आबद्ध सम्पूर्ण फोटो ग्राफीहरुको सहभागिता रहेको थियो ।

