दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नयाँ भर्ना खुल्यो (सूचना सहित)

अत्तरिया- सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम सेमेस्टरमा विभिन्न संकायमा नयाँ भर्ना खुलेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ मा अवस्थित रहेको क्याम्पसले गुणस्तरीय शिक्षा र उत्कृष्ट परीक्षाफल प्रदान गर्दै आएको यस क्याम्पसमा शैक्षिक सत्र २०८१/०८२ का लागि स्नातक तह प्रथम सेमेस्टरमा न्यूनतम शुल्कमा सीमित सिटमा BBA, CSITE, BBS, B.Ed. / B.A. मा नयाँ भर्ना खोलेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बि.सं.२०६३ सालमा स्थापना भएको यस क्याम्पसको स्थापना स्थानीय समुदाय, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षकहरू, विद्यार्थीहरू, विभिन्न सामाजिक समूह/संस्थाहरू र अत्तरियाका अन्य सरोकारवालाहरूको संयुक्त प्रयासमा स्थापना गरिएको थियो ।

Dadeldhura hospital

क्याम्पसले सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूलाई बी.एड., बी.ए., बी.बी.एस., बी.बी.ए.सीएसआईटीई स्नातक तहमा र एम.एड. (टीईएसओएल, सीपीएल, स्वास्थ्य शिक्षा र नेपाली शिक्षा) र  एम.बि .एस. स्नातकोत्तर तहमा शिक्षा प्रदान गरिरहेको छ ।

हाल उक्त क्याम्पसमा करिब १ हजार ६ सय जना विद्यार्थीहरू अध्ययनरत छन् । सुविधाहरू पनि वृद्धि भएको छ, जसमा ३५ जना प्राध्यापकहरू  संलग्न छन्  र विद्यार्थीहरूको लागि उन्नत प्रयोगशाला समावेश छ । सम्पूर्ण सन्दर्भ पुस्तकहरू तथा इ-लाइब्रेरीको सुविधा समेत  उपलब्ध गराइएको छ ।

क्याम्पसले Research Cell को मार्फत केही सिर्जनात्मक परियोजनाहरूमा पनि काम गरिरहेको छ । क्याम्पसले विद्यार्थीहरू र शिक्षकहरूको लागि नयाँ कार्यक्रम र तालिमहरू नियमित रूपमा प्रदान गरिरहेको छ । 

Loading...