खाद्य मिसावट गर्ने ८ व्यवसायीलाई कारवाही




धनगढी, २२ साउन : खाद्य पदार्थमा मिसावट तथा म्याद गुज्रेका खाद सामाग्री वितरण गर्ने ८ वटा व्यवसायीक संस्थानलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कारवाही गरेको छ ।


खाद्य प्रबिधितथा गुण नियनत्रण कार्यालय धनगढीका अनुसार आर्थिक बर्ष २०७७\०७८ मा सुदूरपश्चिम प्रदेशका ८ वटा व्यवसायीक संस्थान माथी खाद्य ऐन अनुसार कारवाही गरी जरिवाना तिराइएको हो । कारवाहीमा पर्नेमा धनगढी–८ बस्ने रश्मी अग्रवाल र धनगढी १ का मधुपाठक रहेका छन् ।



दुवै जनाले न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियनत्रण कार्यालयले जिल्ला अदालत कैलालीमा मुद्धा दायर गरेको थियो । उनिहरुबाट जनही २५\२५ हजार जरिवाना असुली गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी उज्वल कोइरालाले बताए ।
यसैगरी डडेल्धुराको मदन प्रकाशन किराना पशलले न्यनू गुणस्तरको गहत गेडा वेचेको आरोपमा मुद्धा दायर गरिएकोमा अदालतले ७ हजार जरिवाना तोकेको छ ।
यसैगरी डडेल्धराकै निर्मला खुद्रा किराना पशसले किरालागेको चना वेचेको भन्दै अदालतमा मुद्धा दायर गरिएकोमा ५ हजार जरिवाना तिराइएको सूचना अधिकारी कोइरालाले ताए । यसैगरी खाद्य प्रविधि तथा गुण नियनत्रण कार्याल धनगढीले आर्थिक बर्ष २०७७\०७८ मा ७ सय ४० किलो ५ ग्राम अखाद्य वस्तु संकलन गरी नष्ट गरेकोछ ।
बजार अनुगमन बढाएको दावी गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक बर्ष २०७७\०७८ मा ३ सय ७६ खाद्य पदार्थ र १५ दाना उद्योगमा अनुगमन गरी ३ सय ९१ नमून संकलन गरी ति नमुनाको ल्याव परिक्षण गरिएको जनाएको छ । परिक्षण गरिएको नमुनामा २४ वटा प्रतिकुल पाइएको सूचना अधिकारी उज्वल कोइरालाले बताए ।



