नेपाल भूमिहीन सुकुम्बासी संगठनद्वारा आन्दोलनको घोषणा सार्वजनिक

काठमाडौं, २१ साउन- भूमि आयोग खारेजीविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलनको घोषणा सार्वजनिक गरेको छ। संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनको जग्गा प्राप्ति गर्ने बर्तमान सरकारले गरेको निर्णय विरुद्ध आन्दोलन घोषणा गरेकी हुन्।

उनले वर्तमान सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौं भूमिहीन सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको आरोप समेत लगाएकी छन्। भूमिहीन सुकुम्बासी संगठनले विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तिहरूमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र साउन २४ गते सबै जिल्लामा विरोधसभा गर्ने चौधरीले बताइन्।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...