गोदावरी-४ को कल्भर्ट भत्काएर पुन बनाइँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को बास्कोटामा निर्माणाधीन अवस्थामा रहेको कल्भर्टलाई भत्काएर पुनः निर्माणका लागि प्रकृया अघि बढेको छ ।

स्थानीय जनता र जनप्रतिनिधिहरूले गुणस्तरहीन काम भएको भन्दै विवादित बनेको कल्भर्ट भत्काइने लागेको हो । ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले असार २० गते राती कल्भर्टको ढलानको काम रोकेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

स्थानीयहरुले गुणस्तरहीन सामग्री प्रयोग गरेर रातीको समयमा कल्भर्ट ढलान गर्न लागेको भन्दै काम रोकेपछि तत्काल वडाका प्राविधिकले निर्माण सामग्रीको ल्याब टेस्ट गरेर मात्रै काम अगाडि बढाउन लगाएको र आधा ढलान गरेको कल्भर्ट भत्काउनका लागि ठेकेदारलाई पत्र पठाइसकिएको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

स्थानीय तिर्थ राज जोशीका अनुसार रातीको समयमा ठेकेदारले कम सिमेन्ट प्रयोग गरेर गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग गरेर कल्भर्ट ढलान गर्न लागेपछि काम रोकेको बताएका छन् । ढलान गर्दा स्थानीयलाई पनि झुक्काएर काम गर्न खोजेपछि अवरोध गरिएको बताए ।

गोदावरी ४ मा हाल संघीय सरकार र नगरपालिकाको ५०–५० प्रतिशत लगानीमा वडाको बास्कोटा, खैराना हुँदै वसन्तपुर जोड्ने करिब ७ किलोमिटर सडक कालोपत्रे र ४ वटा कल्भर्ट निर्माण हुँदैछन । जसको निर्माणका लागि जगदम्बा, मालिका, स्वामी केदारनाथ जेभीले सँग ६ करोड ४५ लाखमा ठेक्का सम्झौता गरिएको छ । सडक निर्माणको लागि ११ करोडको स्टमेट तयार गरिएको भए पनि तिन वटै कम्पनीले संयुक्त रूपमा करिब ४२ प्रतिशत बिलोमा ठेक्का सम्झौता गरेका छन् ।

साढे सात किलोमिटर सडक खण्ड निर्माण हुदै गर्दा पहिलो चरणमा नै यस ठाउँमा ठेकेदारको प्रतक्ष रुपमा काम कमसल प्रयोग गरेको र यस कल्भर्टलाई सुरु देखि नै काम सुरु गराउन आफूले प्राबिधिकलाई निर्देशन गरी सकेको नगर प्रमुख भट्टले बताएका छन, यस ठाउँमा बन्ने संरचना तपाई हामी सबैको हो, गुणस्तरिय काम भएको छ या छैन भनि काम भएको समयमा गाउँले दाजुभाई तथा दीदीबहिनीहरुले पनि प्रतक्ष सहभागिता सहित निगरानी गरी दिन आग्रह समेत गरेका छन ।

Loading...