अत्तरिया उद्योग वाणिज्य संघका पदाधीकारी गएनन् महासंघको कार्यक्रममा

अत्तरिया- नेपाल उद्योग वाणिजय महासंघले सोमबार कैलालीको गोदावरी रिसोर्टमा आयोजना गरेको कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीले उपस्थिति जनाएनन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार दिउँसो ३ बजे गोदावरी रिसोर्टमा आयोजना गरेको पुँजी बजार शिक्षा तथा जनचेतना कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितका पदाधिकारी उपस्थित नभएका भएका हुन् ।

Navadurga sun

संघका अध्यक्ष कल्याण सिंह बोहराले कार्यक्रमको विषयमा कार्यसमितिलाई जानकारी नै नगराई बजारमा चिठि बाँड्ने लगायतका निर्णयमा एकलौटी गरेकोले आफुहरुले अस्वीकार गरेको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले बताएका छन् ।

‘अध्यक्षका नाममा अदालतमा मुद्धा विचाराधिन रहेको हुँदा कार्यसमितिले उहाँको अध्यक्षतामा वैठक बस्न समेत अस्वीकार गर्दै आएको छ, महासचिव शंकर खड्काले भने यो कार्यक्रमका लागि पनि समितिसंग कुनै समन्वय नै नगरि बजारमा चिठि बाड्ने लगायतका काम भएको रहेछ, त्यसैले हामीले अस्वीकार गरेका छौँ ।’

संघका पदाधिकारीहरुले कार्यक्रम बहिष्कार गरेपछी उद्योग वाणिज्य महासंघले केहि सिमित व्यवसायीको उपस्थितिमा कायर्क्रम गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...