

कञ्चनपुर- कञ्चनपुरमा वन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका मोहनजंग रोकाया बिहीवार पक्राउ परेका हुन ।



रोकायालाई अदालतले २०७३ माघ १३ गते वन अतिक्रमण गरेको आरोपमा ५ महिना ५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो ।


सोही दिनबाटै फरार रहेका उनलाई प्रहरीले आज पक्राउ गरि अदालतमा पेश गरेकोमा अदालतले कैद सजाय भुक्तानको लागि कारागार चलान गरेको छ ।





