सुदूरपश्चिमको महाकाली बहुमुखी क्याम्पस प्रविधियुक्त व्यवस्थानमा जोड

क्याम्पसका प्राध्यापकहरूलाई ल्यापटप वितरण

कञ्चनपुर, १८ साउन- सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगमा रहेको समुदाय स्तरबाट सञ्चालित महाकाली बहुमुखी क्याम्पसले आधुनिक प्रविधियुक्त व्यवस्थापनमा जोड दिएको छ । गत वर्ष मात्रै सुदूरपश्चिम प्रदेश सरकारबाट नमुना क्याम्पसको रुपमा पर्न सफल भएको हो ।

कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पस पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएको छ । उक्त क्याम्पसका सिसिटिभी जडान गर्नुका साथै सबै कक्षा कोठाहरुमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

हाल स्नातक तहसम्म सञ्चालित महाकाली बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तहसम्म सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्रसिंह बिष्टले जानकारी दिए । गत वर्ष सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नमुना क्याम्पसका लागि छनौट गरेका सुदूरपश्चिमका ९ जिल्लाका ९ वटा क्याम्पसहरू मध्ये कञ्चनपुर जिल्लाबाट महाकाली बहुमुखी क्याम्पस बेलौरी छनौट भएको थियो । त्यसयता क्याम्पसले पाउने अनुदानमा समेत वृद्धि भएको छ भने प्रविधिको समेत विकास भइरहेको महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य पल्लवराज भट्टको भनाइ रहेको छ ।

Dadeldhura hospital

भौतिक पूर्वाधार, खानेपानी, सञ्चार, विद्युत् सहित वैकल्पिक उर्जा, पुस्तकालय, विद्युतीय अध्ययन कक्ष (इ-लाइब्रेरी), चमेना गृह आदिको उपयुक्त व्यवस्थापन र शान्त वातावरण सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको महाकाली बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितताको प्रत्यायन प्रमाण पत्र (क्युएए) प्राप्तिको प्रक्रिया समेत अगाडि बढाइएको महाकाली बहुमुखी क्याम्पसका प्राध्यापक एवं क्युएए संयोजक दयाकृष्ण जोशीले बताए ।

ग्रामीण भेगमा सञ्चालित उक्त क्याम्पसले विभिन्न समयमा रक्तदान, सरसफाई, जनचेतनामूलक कार्यक्रम सहित अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आइरहेको छ ।

क्याम्पसका प्राध्यापकहरूलाई ल्यापटप वितरण :
उक्त क्याम्पसले आधुनिक प्रविधियुक्त व्यवस्थापनका साथै शैक्षिक गुणस्तरमा केही सुधार होस भन्ने हेतुले अध्यापनरत प्राध्यापकहरुलाई ल्यापटप वितरण गरिएको छ । सूचना प्रविधि मैत्री क्याम्पसका रूपमा स्तरोन्नति गर्ने उद्देश्यले क्याम्पसमा अध्यापनरत २५ जना प्राध्यापकहरूलाई एक-एक थानका दरले ल्यापटप दिइएको हो ।

क्याम्पसले आधुनिक प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधिलाई अगाडि बढाउने गरी उपलब्ध गराएका ल्यापटपको सहायताबाट शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग पुग्ने क्याम्पसका प्राध्यापकहरूको भनाइ रहेको छ ।

Loading...