


धनगढी- कैलालीको टीकापुरमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–१ गोलपार्क स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने ३५ वर्षीय आशिष लोथ्याल शुक्रवार पक्राउ परेका हुन् ।


लोथ्याललाई १९० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ।

