

अत्तरिया, २६ जेठ । नेपाली कांग्रेस १४ महाधिवेशन पछिको दोस्रो गोदावरी नगर सम्मेलन शनिबार कैलालीको अत्तरियामा रहेको पतञ्जलि हलमा सुरु भएको छ । नेपाली कांग्रेस गोदावरी नगर कार्य समिति कैलालीको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो ।


कार्यक्रममा नेपाली कांग्रेसका सुप पार्टी सभापति पूर्वमन्त्री एवं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर प्रमुख अतिथि रहन भएको थियो । कार्यक्रममा गोदावरी नगर सभापति वीर बहादुर चोखालको सभापतित्वमा भएको थियो ।



त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिहरूमा प्रदेश सांसद प्रकाश बम, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, प्रदेश सांसद माननीय तुलसी देवकोटा, प्रदेश कोषाध्यक्ष उत्तम कठायत, क्षेत्रीय सभापति ललित रोकाया बसन्त, जिल्ला सचिव नृप सुनार थिए । महाधिवेशन प्रतिनिधिहरू र महासमिति सदस्यहरू, जिल्ला समिति प्रदेश समिति र वडा समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगर सचिव योगेश भट्टले गरे भने स्वागत मन्तव्य नगर उपसभापति प्रेम सिंह बडैलाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि बलायरले राजनीतिमा धेरै कुरा भन्ने गरिन्छ तर काम कम गर्ने गरिन्छ । मेरो आफू बन्ने चाहना होइन कांग्रेस बनाउने हो । कांग्रेस भित्रका कांग्रेसकै गतिविधिले कांग्रेस कमजोर भएको छ । विपक्षले गाली गर्छ तर हामी विरोध गर्दैनौ यसैले कांग्रेस कमजोर हुन्छ यो रोग राष्ट्रिय रोग भएको बताए ।
‘विपक्षको व्यक्तिले मिठो बोले पनि त्यो गैर कांग्रेस हो भने त्यसले तपाईँलाई भिरबाट लडाउँछ । एमाले सँगै लाग्नुहुन्छ भने कांग्रेस बलियो हुँदैन ।’ उनले भने, ‘जानेर नजानेर गल्ती हुन्छ । गल्ती दोहोर्याउनु हुँदैन । सहकारीको मुद्दा रवि को मात्र होइन अरु पनि छन् । त्यसैले यस्ता मुद्दाको विरोध गर्नुपर्छ । कम्युनिष्टहरू गरिबको पक्षमा छौँ भन्छन् । तर कांग्रेस गरिबको पक्षमा छ । जो ठूलो पार्टी छ उसैले विकास निर्माणमा जिम्मेदार हुनुपर्छ रवि जस्ताको कुकार्य को पर्दाफास गर्न हामी ले संसदीय समितिको गठन गर्न बाध्य गर्यौँ । चाँडै नै सत्यतथ्य आउनेछ । काङ्ग्रेसले आफू एकजुट हुनुको विकल्प छैन ।’
सुदूरपश्चिमका दीनदुःखीहरूको लागि के गर्न सकिन्छ मेरो चिन्ता यही हो पीडितहरूका घर घरेडी हटाउनु गलत कार्य हो उनले भने । यिनीहरूको लागि म नेतृत्व गर्न आफु तयार रहेको बताए । पीडितहरूलाई बस्ने ठाउँ कहाँ हो दिनुपर्छ आवश्यकताको ठाउँमा बजेट दिनुपर्छ । कार्यकर्तालाई खाने गरी दिनु हुँदैन, दिन दुखीको लागि सम्झौता गर्नु अन्याय गर्नु हो । सरकारी जग्गामा बसेका गरिबहरूलाई हटाउनु ठूलो कुरा होइन। उनीहरूको लागि व्यवस्था गर्न सक्नुपर्छ । सुदूरपश्चिमलाई बन्धक नबनाउनुहोस् । प्रदेशमा राम्रो काम गर्नुहोस्। गोदावरीलाई चाहिने आर्यघाट बनाउनुहोस् । पाँच वर्षमा अरु नगरे पनि गोदावरीलाई केही गर्ने अठोट रहेको बताए । उनले भने यस्तो कुराको संकेत तपाईंहरू पाउन सक्नुहुनेछ गरौँ गरौँ भन्ने बेला हुरी आउने गर्छ । गरौँ भन्दा पनि केही गर्न अप्ठ्यारो हुन्छ । केन्द्रबाट अलिअलि भएपनि आएको र प्रदेशबाट भने बजेट आएको छैन । प्रदेश र केन्द्रमा पनि हामी सरकारमा छैनौँ । भनी सबैलाई बताउनुहोस् । कांग्रेस नै जनप्रिय भएकाले सबैले यसैको विरोधमा बोल्छन् भन्नुभयो ।
‘म २०८४ को लागि गोडमेल गर्दै कांग्रेस बनाउने योजनामा छु ।’ उनले भने, ‘हामी कांग्रेसका सन्तान हौँ । कांग्रेस परिवार हौँ । ८४ मा एक्लै जित्ने गरी लाग्नुपर्छ पहिले आफू सिकेर अरुलाई सिकाउनुपर्छ । सुपको पक्षमा मात्र किन लाग्छस् भनेर ममाथि आरोप लाग्यो । यो पिछडिएको ठाउँको लागि बोल्छु । अरु के गर्न सक्छु र नेपाली नागरिक भएर नेपाली सुकुम्बासी गरिबहरूको उठिबास लगाउनु हुँदैन । उनीहरूलाई केही व्यवस्था गर्नुपर्छ एक दिन कार्यक्रममा मैले औलो उठाएको थिए ।’

कार्यक्रममा बोल्नु हुँदै प्रदेश सांसद बमले पार्टीमा प्रशिक्षण अनिवार्य रहेको बताए । सबैले योजना परेनन् भनेर विरोध गर्नु आवश्यक नपरेको केही योजनाहरू रातो किताबमा परेकै हुन् ९ अर्ब घटेर आएको बजेट रहेछ प्रत्यक्ष सांसद ले १४ वटा वडाहरूमा २०-२५ लाख भन्दा तलका योजनाहरूको सिलिङ बुझाएको बताए । ‘सरकार हाम्रो छैन । कति पर्छ कति काट्छन् थाहा छैन ।’ उनले भने, ‘प्रदेश राजधानीको लागि केही भवन धनगढीमा बनेका थिए हामीले विरोध गर्यौ स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि राष्ट्रिय सभाबाट पास भइसक्यो भन्ने सुनेको छु । बिपीको सपना साकार भएको छ । यो सबै प्रजातन्त्रको देन हो ।’
कार्यक्रममा बोल्दै प्रदेश सांसद माननीय देवकोटाले प्रदेश नगर हाम्रै रहेको बताइन । ‘दलित महिला नेविस युवा जनजाति सबैले कांग्रेस बनाउनै पर्छ । सबैले एकजुट भए कांग्रेस बलियो हुन्छ पार्टीको पनि अनुशासनमा रहनु पर्छ ।’ उनले भनिन्, ‘हामीले खोजेका योजनाहरू आउनुपर्छ भनेर प्रदेशमा आवाज उठाएका छौं ।’ द्वारिका देवी ठकुरानी स्मरण कार्यक्रम महिलाको लागि छ आफ्ना समस्याको लागि आफै माग गर्नुपर्ने देवकोटाले बताइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले हामी प्रतिनिधिहरूले गलत गरे सजाय दिन जनताहरूले तयार हुनु पर्छ तेस्रो वर्ष पनि बजेटको सिलिङ घटेर आएको बताए । ‘टोलटोलमा गएका छौं अहिले नभए भोलि हुन्छ । विकास सबै एकैचोटि हुँदैन । विगतका स्थानीय सरकारहरूले केही गरेको छैन ।’ उनले भने, ‘१०० वटा पावर टिलरहरू बाँडेका छौं । थोरै रिसोर्स छ । धेरै विकास चाहिन्छ । प्रदेशबाट बजेटको लागि अनुरोध गरेको छु ।’ आर्थिक मन्दी रहेको बताउँदै विकासको लागि सकभर आफुहरु लागि पर्ने नगर प्रमुख भट्टले बताए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति ललितले लेखराजलाई तीन चोटि जिताएर के गर्नु भयो जनताको पक्षमा केही बोलेनन् गरेनन् हामीहरू प्रतिपक्षमा भएको भए पनि सशक्त विरोध गर्न पाएनौ । धनगढी नगरपालिकामा नृप ओडले गरेका विकासका गतिविधिहरूमा गोपी हमालको नाम आइरहेको छ भन्नुभयो । यी योजनाहरू नृप ओडकै पालामा जन्मिएका बताएका हुन् ।
कार्यक्रममा अन्य वक्ताहरूले अहिले हलिया छैन कमैया छैन दलित समुदायको मुक्ति भएको छ । केही समस्याहरू बाँकी भएपनि बीपी कोइरालाको सपना साकार भएको छ । यो सबै प्रजातन्त्रको देन हो, सबैले एकजुट भएर लागे कांग्रेस बलियो हुन्छ । पार्टीलाई कसरी बलियो र मजबुत बनाउने, विशाल बनाउने वार्षिक क्यालेण्डर प्रकाशित गरी त्यस अनुसार कार्यहरू गर्नु पर्ने, गोदावरीमा कांग्रेसले जितेको छ । वडाहरू जितेको छ सङ्गठित क्षेत्रमा क्रियाशील सदस्य तथा अन्य सदस्यको बारेमा जानकारी गर्नुपर्छ क्रियाशील सदस्यता नवीकरण गर्न बाँकी छन् कांग्रेसको विधान अनुसार पार्टी चलिरहेको छैन । कैलालीमा १७ हजार ४ सय ७६ क्रियाशील सदस्य छन् । गाउँ टोल देखि केन्द्रसम्म सदस्यहरू छन् ।
२०४८ साल देखि विकास भएकै छ । सडकको क्षेत्रमा होस् वा शिक्षा स्वास्थ्यको क्षेत्रमा होस् विद्युतको क्षेत्रमा होस् अथवा टेलिफोन गाउँ गाउँमा पुगेको छ तीन वटै तहमा कांग्रेसले जितेकोमा जनगुनासो आइरहेको छ उद्योग वाणिज्य सङ्घको घर पनि बन्न सकेको छैन गोदावरी धाम विकास कसरी गर्ने मेडिकल कलेजको विकास कसरी गर्ने बसपार्क र ६१ घरधुरीको समस्या छाडा पशु, लामिताल बसपार्क इत्यादिको समस्या कसरी हल गर्ने काङ्ग्रेसले सोच्नुपर्ने देखिएको छ । क्रियाशील सदस्यहरू पदको लागि होइनन् सेवाको लागि हुनुपर्छ । यिनीहरु हाम्रा सेना हुन् । आचरण सबै जनताले थाहा पाउने हुँदा हामी सबैले कांग्रेस अनुरूप आचरण गर्नुपर्छ। कांग्रेस बनाउनु सबैको सहयोगको आवश्यकता पर्छ । यसका लागि कांग्रेसमा प्रशिक्षण ल्याउनु पर्ने देखिन्छ युवाहरू कुलतमा फसेका छन् विदेशिएका छन यस बारेमा कांग्रेसले सोच्नु पर्ने देखिन्छ भनी बताएका थिए ।

कार्यक्रममा वडामा उत्कृष्ट काम गर्ने तीन वटा वडा सभापति पुरस्कृत अथवा सम्मानित भएका छन । सम्मानित हुनेहरूमा वडा नम्बर १० का देव बहादुर टमाटा, वडा नम्बर ८ का टेक बहादुर देउवा र वडा नम्बर ६ का मान बहादुर बिष्ट रहेका छन् । ७० वर्ष माथिका तथा अन्य पार्टीमा अमूल्य योगदान गरेका १ वडाबाट २ जनाका दरले २४ जनालाई पनि सम्मान गरिएको थियो भने मरणोपरान्त स्वर्गीय सर्वजित रावललाई पनि सम्मान तथा पुरस्कार दिएको थियो । सो कार्यक्रममै केही व्यक्तिहरू अरु पार्टीबाट कांग्रेस प्रवेश समेत गरेका थिए । पार्टी प्रवेश गर्नेहरूमा हरिलाल बादी, शान्ति चौधरी, जप बहादुर चौधरी, गीता चौधरी, सुप्रिया चौधरी, युनिका चौधरी, रूपादेवी कामी, अस्मिता चौधरी, रजमान चौधरी लगायतका रहेका थिए । त्यस्तैगरी पूर्व राज्यमन्त्री दीर्घराज भाटलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पार्टीलाई धेरै सहयोग गरेकोमा अत्तरियाका देवराज भट्टलाई पनि सम्मान गरिएको थियो ।