


अत्तरिया- अत्तरिया देखि धनगढी पुगेको अटो भाडा १ सय रुपैयाँ तोकिएको छ । सुदूरपश्चिम अटो यातायात प्रालिले अत्तरिया चोक देखि धनगढी भन्सार सम्मको अटोको नयाँ भाडा दर १ सय रुपैयाँ कायम गरेको हो ।


जेठ १६ गते बसेको अटो यातायात प्रालिको बैठकले अत्तरिया देखि धनगढी पुगेको विभिन्न स्थानको नयाँ भाडा दर लागू हुने निर्णय गरेको हो । यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले हस्ताक्षर गरेको सूचनामा १५ किलोमिटर सडक पार गर्दा १ सय रुपैयाँ भाडा तोकेको हो ।



त्यस्तै अत्तरिया देखि मनहरा पुल सम्म २० रुपैयाँ, गेटा मेडिकल कलेज सम्म २५ रुपैयाँ, बिस्कुट कम्पनी सम्म ३० रुपैयाँ र अत्तरिया देखि माछा पोखरी सम्म ४० रुपैयाँ भाडादर कायम गरिएको छ ।
त्यसैगरी अत्तरिया देखि विमानस्थल चोक सम्म ५० रुपैयाँ, बोराडाँडी सम्म ६० रुपैयाँ, ट्राफिक चौराहा सम्मको भाडा ७० र भन्सार सम्म पुगाएको १ सय लिने निर्णय भएको उल्लेख गरेको छ ।






